हिमालयन बैंकद्वारा लाभांश घोषणा

लोकपथ
39
Shares

काठमाडौं । हिमालयन बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको मंगलवार बसेको सञ्चालक समितिको चार सय २७ औँ बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पूँजीको आठ प्रतिशत बोनस शेयर र ११ दशमलव ११ प्रतिशत नगद लाभांश कर सहित गरी कुल १९ दशमलव ११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारण सभाले स्वीकृत गरे पश्चात मात्र लाभांश वितरण गरिने बैंकले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?