टिसीएल अन्तरराष्ट्रिय टिमद्वारा नेपाली बजार भ्रमण

लोकपथ
28
Shares

काठमाडौं । टिसीएल एक विश्वव्यापी टेक्नोलोजी ब्रान्ड हो र यो चार दशकहरूमा टिसीएल, चीनको हुइज्होउमा अडियो टेप उत्पादन गर्ने सानो संयुक्त उद्यमबाट व्यापारको विस्तृत श्रृंखलामा संलग्न भई विश्वव्यापी औद्योगिक प्रमुखको रूपमा विकसित भएको छ । वर्तमानमा टिसीएलको उपस्थिती विश्वको एक सय ६० भन्दा बढी देशहरुमा छ र आफ्नै म्यानुफ्याक्चरिङ्ग र रिसर्च एन्ड डेभेलप्मेन्ट सेन्टरहरु विश्वभर छरिएर रहेका छन् ।

टिसीएल सन् २०१२ मा नेपालमा चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएलले भित्राएको हो र अहिले नेपालको घरेलु इलेक्ट्रोनिक्स उपकरणमा ठुलो बजारको हिस्सा ओगटेको छ । ओम्दियाबाट प्रमाणित विश्वको नम्बर १ एन्ड्रोइड टिभी ब्राण्ड टिसीएलका टिभी, रेफ्रिजिरेटर, वाशिङ मेसिन, एअर कन्डिसनर, चेस्ट फ्रीजर, वाटर डिस्पेन्सर र साउन्डबार जस्ता उत्पादनहरु नेपालमा उपलब्ध छन् । हालै, सिजी इलेक्ट्रोनिक्सले नेपालमा एसेम्बली प्लान्ट पनि सुरु गरेको छ, जसले गर्दा टिसीएलका उत्पादनहरुको लागत घट्न मद्दत पुगेको छ । यसले नेपालमा रोजगारीका नयाँ अवसर सिर्जना गरेको छ । नेपाली ग्राहकले गुणस्तरीय सेवा सहित उत्पादनहरु सुपथ मुल्यमा पाएका छन् ।

हालै नेपालको बजार अध्ययन र बजार बिस्तारको लागि टिसीएलको एसिया प्यासिफिक सेल्स सेन्टरका लागि नियुक्त्त सेल्स डाइरेक्टर मिसेस क्यारोलिन (किउ लिन) र सिनिअर सेल्स म्यानेजर मिस्टर रेक्स (लिउ रेन) ले नेपाली बजारको भ्रमण गरेका छन् । टिसीएल टिमले काठमाडौं टङाल, कुमारीपाटी र बसुन्धाराका सिजी डिजिटल शोरुमहरुका साथै बिभिन्न डिलर सपहरुको भ्रमण गरेका छन् ।

सेल्स डाइरेक्टर मिसेस क्यारोलिनका अनुसार, “विश्वभर गुणस्तरीय उत्पादन र सेवाका लागि प्रसिद्ध टिसीएलका उत्पादनहरु नेपालमा पनि व्यापक रूपमा रुचाइएको छ । चौधरी समूहसँगको हाम्रो लामो सहकार्यको अनुभवले र यो भ्रमणले हामीलाई नेपालमा सेवा अझ ब्यापक रुपमा विस्तार गर्न प्रोत्साहित गरेको छ । ‘ग्राहकहरुलाई उच्चस्तरिय अनुभव प्रदान गर्न चाडै नै टिसीएलका विशेष शोरुमहरु र कन्सेप्ट कर्नरहरु नेपालभर विस्तार गर्ने टिसीएलको भावी योजना पनि रहेको छ ।’

सिजी ईलेक्ट्रोनिक्सले अन्तरराष्ट्रिय फुटबल प्रतियोगितालाई लक्षित गरेर सार्वजनिक गरेको “फुटबल हङ्गामा” योजना हाल सम्म कायमै राखेको छ । टिसीएल अन्तरराष्ट्रिय ब्राजिलियन फूटबल टिमको आधिकारिक प्रायोजक पनि हो । कम्पनीले टिसीएलका उत्पादनहरुमा फ्री डेलिभरी, फ्री इन्स्टलेशन एन्ड डेमो र शुन्य प्रतिशतमा फाइनान्स सुबिधा पनि प्रदान गरेको छ ।

कम्पनीले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ । कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौं भित्र टङगाल, कुमारीपाटी, बसुन्धरा, जोरपाटी, भक्तपुर राधे राधे, रबिभवन, किर्तिपुर, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?