कांग्रेसलाई आन्तरिक रुपान्तरणको दिशामा लैजानुपर्छ : महामन्त्री शर्मा

लोकपथ
13
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बदलिएको समय, बदलिएको सोच बमोजिम कांग्रेसलाई आन्तरिक रुपान्तरणको दिशामा लैजानुपर्ने बताएका छन् । मंगलबार काठमाडौंको एक होटलमा संस्थापन इतर समूहको बैठकमा पुगेका महामन्त्री शर्माले यस्तो बताएका हुन् ।

उनले बदलिएको समय, बदलिएको सोच बमोजिम कांग्रेसलाई आन्तरिक रुपान्तरणको दिशामा जाने गर्व र खुड्किलोको रुपमा पार्टीका नेता डा.शेखर कोइरालाले युवामा सत्ता पुस्तान्तरणको लागि महामन्त्री गगनकुमार थापालाई संसदीय दलको नेताको रुपमा प्रस्ताव गर्नु गर्वको विषय भएको बताए ।

उनले संसदीय दलको नेता बनिसकेर देशलाई नेतृत्व गर्ने भन्ने आकांक्षा सबैमा हुने गरेको भन्दै सत्ता पुस्तान्तरणको पहिलो खुड्किलो डा.कोइरालाले गरेको बताए । उनले पार्टी सभापति शेरबहादुर देउवाले पनि कुनै न कुनै किसिमले अर्को उम्मेदवार खडा गर्ने विश्वास व्यक्त गरे ।

उनले भने, ‘नेपाली कांग्रेस पार्टीले बदलिएको समय, बदलिएको सोच बमोजिम कांग्रेसलाई आन्तरिक रुपान्तरणको दिशामा जाने गर्व र खुड्किलोको रुपमा महशुस गरेको छु । संसदीय दलको नेता बनिसकेर देशलाई नेतृत्व गर्ने भन्ने आकांक्षा सबैमा हुन्छ नै । यसमा महत्वपूर्ण भूमिका डा.शेखर कोइरालाले निभाउनुभएको छ ।

उहाँले जुन प्रस्ताव पछिल्लो पुस्तालाई गर्नुभएको छ । आदरणीय पार्टी सभापति शेरबहादुर देउवाले पनि कुनै न कुनै किसिमले अर्को उम्मेदवार खडा गर्नुहुनेछ । वैकल्पिक नामलाई प्रस्ताव गर्नुहुनेछ । त्यसले राम्रो सन्देश दिन्छ । लोकतान्त्रिक अभ्यासपछि पार्टी एक ठाउँमा उभिएर अहिलेको गठबन्धनलाई सबल बनाएर अघि बढ्नेछ ।’

महामन्त्री शर्माले लोकतान्त्रिक अभ्यासपछि पार्टी एक ठाउँमा उभिएर अहिलेको गठबन्धनलाई सबल बनाएर अघि बढ्ने बताए । संस्थापन इतर पक्षबाट महामन्त्री गगनकुमार थापालाई संसदीय दलको नेता बनाएर अघि बढ्ने सहमति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?