उम्मेदवारी फिर्ता लिएर ऐतिहासिक निर्णय लिन देउवालाई गगनकाे आग्रह

लोकपथ
91
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबादुर देउवालाई महामन्त्री गगन थापाले संसदीय दलको नेतामा दिएको उम्मेदवारी फिर्ता लिएर ऐतिहासिक निर्णय लिन आग्रह गरेका छन् ।

मंगलबार सिंहदरबारस्थित दलको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएपछि थापाले देउवालाई उक्त आग्रह गरेका हुन् ।

कांग्रेसको संसदीय दलको नेतामा सभापति देउवा र महामन्त्री थापाले उम्मेदवारी दिइसकेका छन् । महामन्त्री थापाले नेता डा. शेखर कोइरालाको प्रस्ताव र उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा, र केन्द्रीय सदस्य प्रदीप पौडेलको समर्थनमा उम्मेदवारी दिएका हुन् ।

यता देउवालाई भने रामचन्द्र पौडेलको प्रस्ताव र पूर्णबहादुर खड्काको समर्थन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?