कांग्रेस संसदीय दलको नेतामा देउवाको प्रस्तावकमा रामचन्द्र पौडेल

लोकपथ
7
Shares
g]kfnL sfFu|];sf] !#cf} dxflwj]zgdf gjlgjf{lrt ;efklt z]/axfb’/ b]pjf nfO{ dªnaf/ jf]xf]/f6f/l:yt lgjf;df lrofkfg sfo{qmdsf] cfof]hgf u/L awfO{ tyf z’esfdgf lbFb} al/i7 g]tf /fdrGb| kf}8]n . tl:a/ M /f]zg ;fksf]6f,/f;;

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संसदीय दलको नेता बनाउन वरिष्ठ नेता रामचन्द्र पौडेल प्रस्तावक बसेका छन् । देउवाको समर्थनका लागि पौडेल सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पुगेका हुन् ।

यसअघि आफैंलाई संसदीय दलको नेतामा आकांक्षी बनाइरहेका पौडेल अन्तिममा देउवालाई नै समर्थन गर्न पुगेका हुन् । देशको नेतृत्व गर्ने भन्दै चुनावमा भोट मागेका पौडेललाई देउवाले नसघाएपछि उनी समर्थक बस्न राजी भएका हुन् । उपसभापति पूर्णबहादुर खड्का देउवाको समर्थक बसेका छन् ।

१३ औँ महाधिवेशनमा देउवासँगै पार्टीको सभापतिका प्रत्याशी रहेका पौडेल १४ औँ महाधिवेशनमा संस्थापनइतर समूहको साझा उम्मेदवार बन्न नसकेपछि मतदान नै गरेनन् । त्यहीबेला देखि देउवासँग नजिकिएका पाैडेल अहिले पनि देउवाकै पक्षमा उभिएका हुन् ।

उता, डा. शेखर कोइराला समूहले भने महामन्त्री गगनकुमार थापालाई दलको नेताको उम्मेदवार बनाएको छ । थापाको उम्मेदवारीलाई कोइरालाले प्रस्ताव गर्दा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेलले समर्थन गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?