गगनलाई संसदीय दलको नेतामा प्रदीप पौडेलको पनि साथ

लोकपथ
42
Shares

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा गगन थापालाई प्रदीप पौडेले पनि समर्थन गर्ने भएका छन् ।

कांग्रेसको १४ औँ महाधिवेशनमा शेरबहादुर देउवा समूहबाट महामन्त्री उठेका पौडेलले अन्ततः संसदीय दलको नेतामा भने गगनलाई समर्थन गर्ने भएका हुन् ।

संस्थापनइतर समूहबाट नेता डा. शेखर कोइराला र थापा संसदीय दल नेताका लागि उम्मेदवार हुन खोजेपछि एक जना मात्रै उम्मेदवार उठाउन केही दिनदेखि संस्थापनइतर समूहको छलफल हुँदै आएको थियो । अन्ततः काेइरालाले महामन्त्री थापालाई संसदीय दलकाे नेतामा प्रस्ताव गरिसकेका छन् ।

अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि संसदीय दल नेताको उम्मेदवारका लागि गगन थापालाई समर्थन गर्ने घोषणा गरिसकेका छन् । अब संसदीय दल नेताका लागि देउवा र महामन्त्री थापाबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?