गगन थापाले गरे संसदीय दलको नेताका लागि मनोनयन दर्ता

लोकपथ
343
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदीय दलको नेता पदका लागि मनाेनयन दर्ता गराएका छन् । मंगलबार दिउँसो थापाले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पुगेर थापाले दलको नेतामा उम्मेदवारी दर्ता गराएका हुन् ।

संस्थापन इतर समूहबाट महामन्त्री गगन थापाले उम्मेवारी दिएका हुन् । महामन्त्री थापालाई उक्त समूहबाट नेता डा. शेखर कोइरालाले प्रस्ताव गर्दा उपसभापति धनराज गुरूङ, महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पाैडेलले समर्थन गरेका छन् ।

यता संस्थापन समूहबाट सभापति तथा प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवाले उम्मेदवारी दिएका छन् । कांग्रेस संसदीय दलको उम्मेदवारी दरखास्त दिन आज दिउँसो २ बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको थियाे ।

कांग्रेस संसदीय दलको नेताको निर्वाचन पुस ६ मा हुँदैछ । मतदान बुधबार बिहान ८ देखि १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय परिसर सिंहदरबारमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?