विश्वकप उचालेका मेस्सीको त्यो तस्बिर : जसले बनायाे विश्व रेकर्ड

लोकपथ
245
Shares

अर्जेन्टिनालाई फिफा विश्वकप जिताएका स्टार फुटबलर लियोनल मेस्सीले मैदानमै थुप्रै कीर्तिमान तोडेका छन् । उनले मैदान बाहिर पनि धेरै कीर्तिमान बनाएका छन् ।

विश्वकप जितेपछि मेस्सीले सोसल मिडिया इन्स्टाग्राममा ट्रफीसहितको तस्बिर पोस्ट गरेका थिए । मेस्सीले पोस्ट गरेको उक्त तस्बिरले ५ करोड ६७ लाख भन्दा बढी लाइक पाएको छ । उनी एउटै इन्स्टाग्राम पोस्टमा सबैभन्दा धेरै लाइक पाउने पाेस्ट बनेकाे छ ।

उक्त फाेटाे इन्स्टाग्राममा हालसम्मकै पहिलाे लाइक पाउने फाेटाे हाे । मेस्सीकाे उक्त तस्बीरभन्दा अघि एउटा अण्डाकाे तस्बीरले विश्व रेकर्ड नै कायम गरेकाे थियाे ।

अण्डाकाे फाेटाे सन् २०१९ जनावरी ४ मा इन्स्टाग्राममा अपलोड भएको थियो । निकै सामान्य रहेको उक्त अण्डाको तस्बिरले इन्स्टाग्राममा हालसम्मकै सबै भन्दा धेरै लाइक पाएको छ । यो समाचार तयार पार्दासम्म उक्त फोटोमा ५ करोड ५८ लाख ८८ हजार ७ सय २३ मानिसले लाइक गरेका छन् । त्यस्तै, उक्त तस्बिरमा ३४ लाख ५९ हजार ६ सय ७९ जनाले कमेन्ट गरेका छन् ।

वोल्ड रेकर्ड एग नामक युजरबाट उक्त फोटो अपलोड भएको छ । उक्त युजरबाट हालसम्म एउटामात्रै पोस्ट अपलोड भएको छ जुन सोही अण्डाको हो ।

उक्त अण्डाले गिनिज वर्ल्ड रेकर्ड्समा समेत नाम लेखिएको छ । गिनिज वर्ल्ड रेकर्ड्सले सन् २०१९ मा ट्वीट गर्दै इन्स्टाग्राममा पोस्ट गरेको अण्डाको तस्विरले फरक रेकर्ड बनाएको बताएको छ ।

गिनिज वल्र्ड रेकर्डको ट्विटसँगै ब्लगको लिङ्क पनि छ । यसमा अण्डाको कथा भनिएको छ । वास्तवमा, अण्डाको तस्बिर पोस्ट हुनु अघि, काइली जेनरको पोस्टलाई सबैभन्दा धेरै लाइक प्राप्त भएको थियो। यो अण्डाको तस्बिर काइली जेनरको पोस्टलाई पछाडि छोड्न पोस्ट गरिएको थियो र मानिसहरूलाई धेरै लाइक गरेर यसलाई नम्बर एक बनाउन अपील गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?