संस्थापन इतरको बैठकमा विश्वप्रकाश, गगनलाई प्रस्ताव गरेकोमा शेखरलाई दिए धन्यवाद

लोकपथ
77
Shares

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा महामन्त्री गगन थापालाई प्रस्ताव गरेको भन्दै अर्का महामन्त्री विश्वप्रकाश शर्माले नेता डा. शेखर कोइरालालाई धन्यवाद दिँदै सम्मान व्यक्त गरेका छन् ।

कोइरालाले महामन्त्री थापालाई दलको नेतामा प्रस्ताव गरेर कांग्रेसभित्र पुस्तान्तरण र रुपान्तरणको आवाज उठाउनेहरुलाई बलियो साथ दिएको र देश तथा विदेशमा रहेका नेपालीले उठाउँदै आएको आवाजलाई सम्मान गरेको टिप्पणी पनि शर्माले गरे ।

संस्थापनइतर पक्षले संसदीय दलको नेताको उम्मेदवार टुंगो लगाएलगत्तै महामन्त्री शर्मा बैठकस्थलमा पुगेका थिए । उनी पुग्दा हलमा भएका सबै सांसदले ताली बजाएर स्वागत गरेका थिए । शर्मालाई नेता अर्जुननरसिंह केसीले हलमा स्वागत गरेका थिए ।

संस्थापन इतरले महामन्त्री थापालाई संसदीय दलको नेतामा टुंगो लगाएपछि बोल्दै अर्का महामन्त्री शर्माले भने, ‘संसदीय दलको नेता बनेर देशलाई नेतृत्व गर्ने आकांक्षा सबैलाई हुन्छ तर, डा. शेखर कोइरालाले पुस्तान्तरणको आवाजलाई सुन्नभएको छ । यसैगरी, सभापति शेरबहादुर देउवाले पनि अन्य वैकल्पिक नामलाई प्रस्ताव गर्नुहुनेछ भन्ने लागेको छ ।’

्यदि त्यसो भएन भने पनि प्रतिस्पर्धापछि नेपाली कांग्रेस एक ठाृउँमा उभिएर जनताको विश्वासलाई डगमगाउन नदिने प्रतिवद्धता व्यक्त गरे । साथै, संसदीय दलको नेताको निर्वाचनमा पार्टीका सांसदहरुले जनमतलाई बुझेर मतदान गर्नेसमेत विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?