गगनको प्रस्तावकमा शेखर तथा समर्थकमा धनराज र विश्वप्रकाश

लोकपथ
35
Shares

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता निर्वाचनका लागि संस्थापन इतर पक्षबाट उम्मेदवार बनेका गगन थापाको प्रस्तावकमा डा. शेखर कोइराला रहेका छन् ।

यस्तै डा. कोइरालाको प्रस्तावलाई उपसभापति धनराज गुरुङ र महामन्त्री विश्वप्काश शर्माले  समर्थन गरेका छन् ।

यसअघि काठमाडौंको एक होटलमा भएको संस्थापन इतर सांसदहरुको बैठकमा नेता कोइरालाले महामन्त्री थापालाई आफ्नो समूहका तर्फबाट दलको नेताको उम्मेवार प्रस्ताव गरेका थिए ।

सोही बैठकमा पुगेका अर्का महामन्त्री विश्वप्रकाश शर्माले थापालाई दलको नेतामा प्रस्ताव गरेर डा. कोइरालाले कांग्रेसभित्र परिवर्तन खोज्नेहरुलाई ठूलो हौसला दिएको भन्दै प्रशंसा गरेका थिए ।

दलको नेतामा थापा र कोइराला दुवैले आकांक्षा राखेपछि हिजो र आज बसेको उक्त समूहका नेताहरुको बैठकले थापालाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?