पुस्तान्तरणसहित पार्टी रुपान्तरणको पक्षमा छु, त्यसैले गगनलाई प्रस्ताव गरेँ – डा. शेखर

लोकपथ
28
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू रुपान्तरणसहित पार्टी रुपान्तरणको पक्षमा रहेकाले गगन थापालाई संसदीय दलको नेतामा प्रस्ताव गरेको बताएका छन् ।

नेता कोइरालाले पार्टीभित्र युवा पुस्ताको हातमा नेतृत्व जानुपर्छ भनेर नै अहिले गगनलाई प्रस्ताव गरेको उनले बताए ।

संस्थापन इतर समूहको संसदीय दलको नेतामा सहमति जुटाउनका लागि भएको छलफललाई सम्बोधन गर्ने क्रममा डा. कोइरालाले पार्टीको महाधिवेशनदेखि नै पुस्तान्तरणको मुद्धालाई उठान गरेकाले अहिले पनि त्यसैलाई निरन्तरता दिएको बताएका हुन् ।

‘म पुस्तान्तरणसहित पार्टी रुपान्तरणको पक्षमा छु,’ उनले भने, ‘त्यसैले अहिले गगन थापालाई संसदीय दलको नेताका लागि प्रस्ताव गर्छु ।’

यता संस्थापन समूहले भने पार्टी सभापति शेरबहादुर देउवालाई नै सर्वसम्मत उम्मेदवार बनाएको छ । कांग्रेससँग प्रतिनिधिसभामा ८९ सांसद रहेका छन् ।

भोलि हुने संसदीय दलको निर्वाचनका लागि आज दिउँसो २ देखि ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?