माओवादीले संसदीय दलको नेता शपथपछि मात्रै चयन गर्ने

लोकपथ
0
Shares
{“caption”:”u092bu093eu0907u0932 u0924u0938u094du092cu093fu0930″,”photographer”:””,”alt_text”:””}

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधिसभाका सांसदको शपथ ग्रहणपछि मात्रै संसदीय दलको नेता चयन गर्ने भएको छ । नवनिर्वाचित सांसदले शपथ लिएपछि मात्रै दलको नेता चयन र सरकार गठनका बारेमा निर्णय लिइने सांसद एवं माओवादीका युवा नेता माधव सापकोटाले जानकारी दिए ।

शपथपछि संसदीय दलको बैठक बस्ने उनको भनाइ छ ।  माओवादीको संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै चयन हुने उनको दाबी छ । ‘दलको नेतालाई लिएर हाम्रो पार्टीमा विवाद छैन, शपथ मात्र कुरिएको हो’, उनले भने, ‘संसदीय दलको नेता प्रचण्ड नै हो ।’

संघीय संसद् सचिवालयले यही पुस ७ गते प्रतिनिधिसभाका सदस्यलाई शपथ ग्रहण गराउने तयारी गरेको छ । प्रतिनिधिसभामा माओवादीको १८ प्रत्यक्ष र १४ समानुपातिक गरी कूल ३२ सांसद् छन् । केही दिनअघि बसेको माओवादीको केन्द्रीय पदाधिकारी बैठकले प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण गरेपछि मात्रै सरकार गठनको प्रक्रिया अगाडि बढाउँदा सही हुने निष्कर्ष निकालेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?