गगनलाई संसदीय दलको नेतामा उम्मेदवार बनाउन शेखरले गरे प्रस्ताव

लोकपथ
26
Shares

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा संस्थापन इतर समूहबाट महामन्त्री गगनकुमार थापा सर्वसम्मत उम्मेदवार बनाउन नेता डा. शेखर कोइरालाले प्रस्ताव गरेका छन् ।

उक्त समूहको सांसदहरुसँगको छलफलमा नेता कोइरालाले दलको नेतामा आफ्ना तर्फबाट गगनलाई संसदीय दलको नेतामा उठाउने प्रस्ताव गरेका हुन् ।

यसअघि मंगलबार बिहान बसेको गगन– डा. शेखर कोइराला समूहको बैठकले दुइ नेताबीच सहमति जुटाउन भगिरथ प्रयास गरेको थियो । थापालाई डा. कोइरालाले प्रस्ताव गरे लगत्तै समूहका नेताहरु हर्षित देखिन्थे ।

इतर समूहबाट दुवै नेताले दाबी गरेपछि सहमतिका लागि अन्य नेताहरुले दुई दिनयता लगातार छलफल गर्दै आएका थिए ।

यता संस्थापन समूहले भने पार्टी सभापति शेरबहादुर देउवालाई नै सर्वसम्मत उम्मेदवार बनाएको छ । कांग्रेससँग प्रतिनिधिसभामा ८९ सांसद रहेका छन् ।

भोलि हुने संसदीय दलको निर्वाचनका लागि आज दिउँसो २ देखि ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?