देउवाले गरे संसदीय दलको नेताका लागि मनोनयन दर्ता

लोकपथ
126
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

मंगलबार दिउँसो सभापति देउवाले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पुगेर दलको नेताका लागि उम्मेदवारी दर्ता गराएका हुन् । उनकाे समर्थकमा बरिष्ठ नेता रामचन्द्र पाैडेल रहेका छन् ।

कांग्रेसको संसदीय दलको निर्वाचन भोलि बुधबार हुँदैछ ।

यता संस्थापन इतर समूहबाट महामन्त्री गगन थापाले उम्मेवारी दिएका छन् । महामन्त्री थापालाई उक्त समूहबाट शेखर कोइरालाले प्रस्ताव गर्दा उपसभापति धनराज गुरूङ, महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पाैडेलले समर्थन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?