एनसेलद्वारा रोमाञ्चक विश्वकप फुटबल फाइनलको विशेष लाइभ स्क्रिनिङ

लोकपथ
7
Shares

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आइतवार २२ औं फिफा विश्वकप फुटबल २०२२ को फाइनल खेलको विशेष लाइभ स्क्रिनिङ कार्यक्रम आयोजना सम्पन्न गरेको छ । अन्नपूर्ण होटलको पुलसाइडमा सम्भवत नेपालमा अहिले सम्मकै ठूलो स्क्रिनहरु मध्ये एकमा एनसेलले प्रत्यक्ष प्रसारण देखाएको हो । एनसेलले प्रत्यक्ष प्रसारणमा १ हजार ९ सय जना भन्दाबढी दर्शकको उत्साहजनक उपस्थिती रहेको थियो ।

कार्यक्रम स्थलमा दुई ठूला डिजिटल स्क्रिन बाहेक दर्शकको सुविधाका लागि अन्य स्क्रिनहरूमा समेत देखाइएको अर्जेन्टिना र फ्रान्सबीचको फाइनलखेलको प्रत्यक्ष प्रसारण एकदमै उल्लासमय बनेको थियो । आमन्त्रित निजी संघसंस्थाका प्रतिनिधि, बैंक तथा वित्तीय संस्था, व्यावसायिक क्षेत्रका पाहुना, कलाकार, सञ्चारकर्मी, एनसेलका ग्राहक, कर्मचारी र उनीहरुका परिवारका सदस्यलगायतले लाइभ स्क्रिनिङको भरपुर मजा लिएका थिए ।

एनसेलको ५ सय ९९ रुपैयाँमा ६० जीबी पाइने होम एन्ड अवे डेटा प्याकको खरिद गर्दा एनसेलका ग्राहकले लाइभ स्क्रिनिङमा सहभागी हुन निःशुल्क प्रवेश पासपाएका थिए । थपिएको ३० मिनेटमा ३–३ को बराबरी भइपछि टाइब्रेकरमा साबिकको विजेता फ्रान्सलाई ४–२ ले पराजित गर्दै अर्जेन्टिनाले ३६ वर्षपछि फिफा विश्वकफको उपाधी जितेको हो ।

मिडिया हबको मुख्य सहयोगमा आयोजना गरिएको लाइभ स्क्रिनिङ कार्यक्रममा दर्शकहरूले फाइनल खेलको प्रत्यक्ष प्रसारण पूर्व आविष्कार केसी र डिजे बीपीएमको प्रस्तुतीमार्फत गीतसंगितको आनन्द लिएका थिए र खानाका विभिन्न परिकारको स्वाद लिँदै ऐतिहासिक तथा रोमाञ्चक फाइनलखेलको मजा लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?