कांग्रेस संसदीय दलमा देउवासँग गगन भिड्ने

लोकपथ
98
Shares

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा संस्थापन इतर समूहबाट महामन्त्री गगनकुमार थापा सर्वसम्मत उम्मेदवार बन्ने पक्कापक्की भएको छ । यद्यपि उक्त समूहको बैठक जारी रहेको छ ।

मंगलबार बिहान बसेको गगन– डा. शेखर कोइराला समूहको बैठकले दुइ नेताबीच सहमति जुटाउन भगिरथ प्रयास गरेको थियो । थापाको प्रस्तावकमा डा। कोइराला बस्ने सहमति पनि गरिएको स्रोतले जनाएको छ ।

इतर समूहबाट दुवै नेताको दाबी रहेका कारण यसअघि सहमति जुट्न सकेको थिएन । सोमबार दिनभर आज (मंगलबार) बिहान लैनचौरस्थित एक होटलमा छलफल भएको थियो ।

थापालाई उम्मेदवार बनाउने सहमति गरेको उक्त समूहको थप छलफल भने सिंहदरबारस्थित होटल बसेरामा जारी छ ।

यता संस्थापन समूहले भने पार्टी सभापति शेरबहादुर देउवालाई नै सर्वसम्मत उम्मेदवार बनाएको छ । कांग्रेससँग प्रतिनिधिसभामा ८९ सांसद रहेका छन् ।

भोलि हुने संसदीय दलको निर्वाचनका लागि आज दिउँसो २ देखि ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?