अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री केभिन रुड अमेरिकाको राजदूत नियुक्त

लोकपथ
39
Shares

काठमाडौं । अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री केभिन रुडलाई अमेरिकाको राजदूतमा नियुक्त गरिएको छ । उनले आफूलाई अवसर दिएको भन्दै सरकारप्रति आभार पनि व्यक्त गरेका छन् ।

अष्ट्रेलियाका २६ औं प्रधानमन्त्री रहिसकेका केभिन रुडले अमेरिकी राजदूतको कार्यभार भने आगामी मार्च महिनादेखि सम्हाल्नेछन् । उनले आर्थर सिनोडिनोसको स्थान लिनेछन् ।

अष्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानिजले भने पूर्वप्रधानमन्त्री रुडले राजदूत नियुक्ति स्वीकारेर ठूलो सहयोग गरेको प्रतिक्रिया दिएका छन् । उनले रुडसँग अमेरिकामा व्यापक अनुभव र सम्बन्ध रहेको भन्दै यसले आगामी दिनमा अष्ट्रेलिया र अमेरिकाबीच थप सम्बन्ध विस्तार हुने आशा राखेका छन् ।

लेबर पार्टीका नेता केभिन रुड सन् २०१३ मा राजनीतिबाट निष्क्रिय भएका थिए । त्यसयता उनले चीनसँगको सम्बन्ध प्रगाढ बनाउनुपर्ने विषयमा स्पष्ट रुपमा लेख्ने र बोल्ने गर्दै आएका छन् ।

एक दशकको अधिकांश समय अमेरिकामा बिताएका उनले अमेरिकी राजनीतिज्ञ र व्यवसायीसँग काम पनि गरेका छन् । रूडले पनि विज्ञप्ति जारी गरेरै अष्ट्रेलियाले हाल दशकौंदेखि सबैभन्दा चुनौतीपूर्ण सुरक्षा र कूटनीतिक वातावरणको सामना गरिरहेको भन्दै अष्ट्रेलियाको राष्ट्रिय हितलाई निरन्तरता दिइने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?