मञ्जुश्री फाईनान्सद्वारा अनलाईन खाता सेवा सुरु

लोकपथ
52
Shares

काठमाडौं । मन्जुश्री फाईनान्सले ग्राहकहरुको सुबिधाको लागि अब आफू बसेकै ठाउँबाट सजिलै खाता खोल्नका लागि अनलाईन खाताको सुबिधा ल्याएको छ । उच्चतम ब्याजदरमा निक्षेप तथा सुलभ दरमा कर्जा प्रवाह लगायत आफ्ना ग्राहकहरुलाई रेमिटान्स लगायतका अन्य बैंकिङ्क सुविधा उपलब्ध गराउँदै आएको फाइनान्सले अब अनलाइन सेवामार्फत खाता खोल्ने सुविधा उपलब्ध गराएकोे हो ।

साथै, “मञ्जुश्री प्रिमियम बचत खाता” र एक वर्ष वा सो भन्दाबढि अवधिको व्याक्तिगत मुद्दती निक्षेपमा दुर्घटना तथा स्वास्थ्य बीमासमेत समावेश गरिएको जानकारी पनि दिएको छ ।

स्मार्ट टेलरद्वारा भुक्तानीको सेवा, क्युआरकोड भुक्तानीको सेवा, मोबाइल बैंकिङ्ग, एटिम कार्ड, अन्य आधुनिक बैंकिङ्क सुविधा उपलब्ध गराउँदै आएको छ । फाईनान्सले २०७९ मंसिर मसान्तसम्म १२ अर्ब ४५ करोड निक्षेप संकलन तथा ११ अर्ब ७४ करोड रुपैंयाँ कर्जा लगानी रहेको छ ।

फाईनान्सको केन्द्रीय कार्यालय, नयाँ बानेश्वर काठमाण्डौंमा रहि न्युरोड, चाहविल, गंगवु, कलंकी, कुमारीपाटी, नारायणगढ, पर्सावजार, भरतपुर, टाँडी, गैंडाकोट, बुटवल, मुर्गिया, योगीकुटी, मनिग्राम, भैरहवा, धनगढी, इटहरी, विराटचोक, झुम्का, ईनरुवा, बिराटनगर, नेपालगञ्ज, धरान, पोखरा, बीरगञ्ज, लगायतका शाखाबाट कारोबार गरिरहेको राष्ट्रियस्तरको वित्तिय संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?