काठमाडौं । नेकपा (एमाले) ले नवनिर्वाचित प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको भेला बोलाएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानका नवनिर्वाचित सांसदहरुको भेला बोलाइएको एमाले उपमहासचिव विष्णुप्रसाद रिमालले बताए ।
‘एमाले जनताको रोजाइको पहिलो पार्टी’ नाम दिएर बोलाइएको मंगलबार दिउँसो १२ बजे बस्नेछ । संसदीय भूमिका प्रशिक्षित गराउनका लागि भेला आयोजना गरेको बताइएको छ । पार्टीले संघीय संसद् तथा प्रदेश सभामा खेल्नुपर्ने भूमिकाका बारेमा नवनिर्वाचित सांसद र उम्मेदवारलाई जानकारी गराइने छ ।
भेलामा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताले सम्बोधन गर्नेछन् । नेकपा एमालेले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ४४ वटा र समानुपातिक ३४ गरी कुल ७८ सिट प्राप्त गरेको छ । प्रदेशमा प्रत्यक्ष ९१ र समानुपातिक ७० सिटमा विजय प्राप्त गरेको छ ।
भेलामा नवनिर्वाचित सांसदहरुका साथै राष्ट्रिय सभामा एमालेका सांसदहरु, निर्वाचन परिचालन कमिटीका सदस्यहरू, पार्टीका केन्द्रीय सदस्यहरू तथा प्रदेश पदाधिकारीहरु र जनवर्गीय संगठनका पदाधिकारीहरुलाई पनि बोलाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया