सबै दलहरु मिलेर काम गर्नुको विकल्प छैनः नेता खनाल

लोकपथ
26
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले सबै दलहरु मिलेर काम गर्नुको विकल्प नरहेको बताएका छन् । सोमवार पार्टी केन्द्रिय कार्यालयमा भएको नवनिर्वाचित सांसदहरुलाई बधाई ज्ञापन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

सम्मानित नेता खनालले जनताले कुनैपनि एक दललाई बहुमत नदिएकाले सबै मिलेर काम गर्नुको विकल्प नरहेको बताए । उनले आगामी १ हप्ताभित्र सरकार कस्तो बन्छ भन्ने छिनोफानो भइसक्ने भन्दै सरकारले सही दिशा दिन सक्नुपर्ने बताए । सम्मानित नेता खनालले बाम लोकतान्त्रिक सरकार नै बन्ने सबैभन्दा बढी सम्भावना देखिएको बताए ।उनले संख्या पु¥याएर सरकार बनाउने, कुनै मन्त्रालय लिने उद्देश्य लिएर अघि बढे धेरै अगाडि पुग्न नसकिने बताए ।

उनले लक्ष्य, योजनाको आधारमा सरकार बनाउनुपर्ने भन्दै जनताको जल्दाबल्दा समस्याहरु संसदमा उठान पार्टीका नेताहरुलाई निर्देशन दिए । उनले भने, ‘यो त्रिशंकु संसद छ, कुनै एक पार्टीको बहुमत छैन, जनताले मिलेर काम गर भनेका छन् । त्यसैले यतिबेला जो कोहीले पनि मिलेर काम गर्नुको कुनै विकल्प छैन । सरकार कस्तो बन्छ भन्ने चर्चा छ । एक हप्तामा सरकार कस्तो बन्छ भन्ने दिशा आउँछ । वामपन्थी सरकार बन्नुपर्छ भन्नेकुरा पनि गरिरहेका छन्, वामपन्थी सरकार बन्ने आधारहरु हिजोको नेकपा एमालेको नेतृत्वले मोडेको छ । त्यसलाई नयाँ निर्माण गरिएको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?