कांग्रेसको संसदीय दलमा उम्मेदवार हुन ५१ हजार शुल्क चाहिने

लोकपथ
35
Shares

काठमाडौं । नेपाली कांग्रेसले यही पुस ६ गते (बुधबार) संसदीय दलको नेता चयन गर्ने भएको छ । कांग्रेस संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समितिले संसदीय दलको नेता निर्वाचनसम्बन्धी कार्यक्रम सार्वजनिक गरेको छ ।

जस अनुसार कांग्रेसको संसदीय दलकाे  उम्मेदवार हुन चाहनेले ५१ हजार शुल्क तिर्नुपर्ने छ । यसैगरी, उम्मेदवारीका लागि भने पुस ५ गते भाेलि २ देखि ३ बजेसम्मकाे समय ताेकिएकाे छ ।  उम्मेदवारले पौष ५ गते अपरान्ह ४:३० बजेदेखि ५:३० सम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् भने उम्मेदवारको अन्तिम नामावली प्रकाशन पौष ५ गते ५ :४५ मा हुनेछ ।

सार्वजनिक चुनावी कार्यक्रमअनुसार बुधबार बिहान ८ देखि १० बजेसम्म मतदान हुनेछ। नेपाली कांग्रेस संसदीय दलको कार्यालय परिसरमा मतदान हुदैँछ । कांग्रेस संसदीय दलको नेताका लागि शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, गगन थापालगायतले आकांक्षा देखाएका छन् ।

यस्ताे छ कार्यतालिका :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?