संसदीय दलमा को उठ्ने भन्ने टुंगो गर्न शेखर पक्षीय नेताहरु गोप्य मन्त्रणामा

लोकपथ
1.9k
Shares

काठमाडौं । नेपाली कांग्रेसले यही पुस ६ गते बुधबार संसदीय दलको नेता चयन गर्ने निर्णय गरेपछि पार्टीभित्र दलको नेता बन्न चाहनेहरुले आ–आफ्ना रणनीति बनाउन थालेका छन् ।

यसका लागि संस्थापन ईतर पक्षका नेताहरु अहिले गोप्य मन्त्रणामा जुटेका छन् । काठमाडौंको एक होटलमा उनीहरुले दलको नेतामा कसलाई उम्मेदवार बनाउने भन्ने लगायत विषयमा रणनीति तय गर्न वैठक गरेका हुन् ।

संस्थापन ईतरमा संसदीय दलको नेतामा को उम्मेदवार बन्ने भन्ने टुंगो हुन सकेको छैन । महामन्त्री गगन थापाले निर्वाचन अगावै आफू निर्वाचित भए दलको नेताका लागि प्रतिष्पर्धा गर्ने बताइसकेका थिए । उनी सोही अनुसार उम्मेदवार बन्ने रणनीतिक तयारीमा जुटेका छन् ।

अर्कातिर ईतर पक्षका नेता एवं १४ औं महाधिवेशनमा उक्त पक्षबाट सभापतिमा पराजित नेता डा. शेखर कोइरालाले पनि दलको नेतामा उम्मेदवार बन्ने आकांक्षा राखेको बताइएको छ । यद्यपि, कोइरालाले अहिलेसम्म उम्मेदवारीबारे सार्वजनिक धारणा राखेका छैनन् ।

दुई नेता नै उम्मेदवार बन्ने अवस्था आउन लागेपछि नेताहरु बैठकमा जुटेका हुन् । बैठकमा महाधिवेशनमा शेखर पक्षमा उभिएका सबैजसो नेताहरु उपस्थित भएका छन् । बैठकमा नेताहरुले कोइराला र थापामध्ये एक मात्र उम्मेदवार बन्नुपर्नेमा जोड दिएका छन् ।

दिउँसो २ बजेदेखि चलिरहेका बैठकमा नेता शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्री बद्री पाण्डे, जीवन परियार, नेताहरू अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा. मीनेन्द्र रिजाल, दिलेन्द्र बडु, चन्द्र  भण्डारी लगायत सहभागी छन् । भोलि पुस ५ गते दिउँसो २ देखि ३ बजेभित्र दरखास्त दिनुपर्ने कार्यतालिका निर्वाचन समितिले प्रकाशन गरेपछि यो समूह दबाबमा परेको छ । संस्थापन पक्षबाट भने सभापति शेरबहादुर देउवा मात्रै आकांक्षी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?