१४ मङ्सिर २०८०, बिहीवार

सडक बढार्ने करोडपति

२०७४,कार्तिक,३,शुक्रवार १३:२१

0
Shares

एजेन्सी – चीनको युहान शहरकी करोडपती यु योजहेनले मासिक तलब १,४२० युआनमा बाटो सफा गर्ने पेशा रोजिन् ।सन् १९८० को समयमा, यु योजहेनको होङ्स्हान जिल्लाको दोङ्हु गाउँ हुओजियावानमा साधारण खेती किसानी गर्ने मध्ययम परिवार थियो । केहि वर्षको अथक प्रयासका कारण उनको परिवारले तीन तल्ले घरको निर्माण गर्न सफल भयो र त्यो घर उक्त गाउँभरिको पहिलो ठूलो घर बन्यो ।त्यति बेला धेरैजसो मानिसहरु कामको सिलसिलामा युहान आउने गर्दथे र उनीहरुलाई बस्नको लागि घरको आवश्यकता पर्दथ्यो त्यसकारण यु ले आफ्नो घरको खाली कोठाहरु भाडामा दिने गरिन् । प्रत्येक कोठाको भाडा स्वरुप उनलाई मासिक ५० युआन आउने गर्दथ्यो । त्यहि पैसा उनले घरमा तल्ला थप्न र अर्को घर बनाउन प्रयोग गरिन् ।धेरै वर्षपछि उनको पाँच तल्लाको तीनवटा घर बन्यो जुन धेरैजसो भाडामा दिइएको थियो । निर्माणको लागि चीनको निति खुकुलो थियो त्यसकारण सबैले घर बनाइरहेका थिए ।जब चीनले जग्गाको माग र पुर्ननिर्माण गर्ने निति ल्यायो तब उनले बनाएका घरहरुको मुआब्जा बापत् त्यहाँ उनलाई २१ वटा अपार्टमेन्टहरु दिइयो । मुआब्जा दिनुमा उनीमात्र एक्ली थिइनन् उनका गाउँलेहरुले उक्त पैसा जुवातास, जाँडरक्सी र ड्रग्समा समेत खर्च गरे भने योजहेनले भने आफ्ना सन्तानले यस्ता कुरा नसिकुन् भनेर बाटो सफा गर्ने पेशा रोजिन् । घरमा बसेर आफ्नो पैसा गन्नुको साटो यु ले स्यानिटेसन वर्करको रुपमा काम गरिरहिन्।

प्रकाशित मिति: २०७४,कार्तिक,३,शुक्रवार १३:२१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं। हमासले युद्धविरामको पाँचौँ दिन थप १२ जना बन्धकलाई रिहा गरेको छ । रिहा हुनेमा १२ जना इजरायली नागरिक र

काठमाडौं । भारतको उत्तरकाशीको सिल्कियारा सुरुङमा फेसका ४१ जना कामदारलाई सुरक्षितरुपमा बाहिर निकिलिएको छ । उनीहरुलाई मंगलबार भारतीय समय अनुसार

काठमाडौं । श्रीलंकाले चिनियाँ ऊर्जा कम्पनी सिनोपेकलाई रणनीतिक रूपमा महत्वपूर्ण हम्बनटोटा बन्दरगाहमा ४.५ अर्ब डलरको नयाँ पेट्रोलियम रिफाइनरी प्लान्ट स्थापना

काठमाडौं । दक्षिण कोरियाको युवा जनसङ्ख्या तीव्र गतिमा घट्दै गएको एक अनुन्धानले देखाएको छ । अचम्म त के छ भने

ताजा समाचार

ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
 २०८०,मङ्सिर,१३,बुधबार १६:५८