फागुन महिनाभित्र राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्पन्न हुन्छ : निर्वाचन आयोग

लोकपथ
84
Shares

काठमाडौं । निर्वाचन आयोगले फागुन महिनाभित्र राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचन सम्पन्न हुने बताएको छ ।

सोमबार निर्वाचन आयोगमा भएको निर्वाचन सम्पन्न जलपान कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले फागुन महिनाभित्र निर्वाचन सम्पन्न हुने बताएका हुन् ।

उनले यस वर्ष भएको ३ तहको निर्वाचनमा महिला सहभागिता अन्तर्गत स्थानीय तहमा ४१ प्रतिशत, प्रदेश तहमा ३६ प्रतिशत र प्रतिनिधि सभामा ३३ प्रतिशत महिला जनप्रतिनिधि निर्वाचित भएपनि सो संख्या पर्याप्त नभएको बताएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?