सामुदायिक लघुवित्तको अार्इपीअो अाज बाँडफाँट हुँदै

काठमाडौं : काभ्रेको साँगामा केन्द्रीय कार्यालय रहेको सामुदायिक लघुवित्त वित्तीय संस्थाले गत आर्इतबार जारी गरेको प्राथमिक निष्काशन (आर्इपीओ) आज सोमबार बिहान ८:३० बजे बाँडफाँट गर्दैछ ।यो लघुवित्तले मंसिर २ गतेदेखि ३ करोड रूपैयाँ बराबरको ३ लाख  कित्ता आर्इपीओ बिक्री खुला गरेको थियो । 

बिक्री प्रबन्धक एनबीअार्इ मर्चेन्ट बैंकिङको कार्यालय हात्तिसारमा अार्इपीअो बाँडफाँट गरिँदैछ । यो लघुवित्तले ३ लाख कित्ता अार्इपीअो खुला गरेकोमा १ करोड ६५ लाख २९ हजार ७५० कित्ताका लागि अावेदन परेको छ । यसहिसाबले अार्इपीअो भरेका २ लाख ५५ हजार ३१६ जनामध्ये २७ हजार ३०० जनाले मात्रै १० कित्ताका दरले शेयर प्राप्त गर्ने देखिएको छ ।

गत माघमा नै यो लघुवित्तले आर्इपीओ बिक्रीका लागि आब्हानपत्र सार्वजनिक गरेपनि शेयर निष्काशन गर्न पाएको थिएन । झन्डै २ करोड ५० लाख रूपैयाँ घोटाला भएको ठहरसहित केन्द्रीय अनुसन्धान ब्युरो ९सीआर्इबी० ले संस्थाका ४ जना पदाधिकारीहरूलार्इ पक्राउ समेत गरेको थियो । 

आवश्यक प्रकृया पुरा गरेपछि नेपाल राष्ट्र बैंकले यो लघुवित्तलार्इ आर्इपीओ निष्काशनको अनुमति दिएको हो । सामुदायिकले जारी गरेको ३ लाख कित्ता आर्इपीओमध्ये सर्वसाधारण लगानीकर्ताले २ लाख ७३ हजार कित्ताका लागि मात्र आवेदन दिन पाउनेछन् । बाँकीमध्ये १२ हजार कित्ता संस्थाका कर्मचारी र १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ ।

यो लघुवित्तको आर्इपीओमा लगानीकर्ताले न्यूनतम पचास र अधिकतम १५ सय कित्ताका लागि आवेदन दिएका छन् । यो संस्थाको चुक्तापूँजी ७ करोड रूपैयाँ रहेको छ । आर्इपीओ निष्काशनपछि यसको आकार १० करोड रूपैयाँ पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?