प्रतिनिधि सभाका सांसदहरूकाे शपथ पुस ७ गते

लोकपथ
28
Shares

काठमाडौं । प्रतिनिधि सभाका सांसदहरूकाे शपथ यही पुस ७ गते गराइने भएकाे ।  सोमबार दिउँसो संसद सचिवालयले ७ पुसको दिउँसो १ बजे सांसदहरुको शपथ ग्रहण आयोजना गर्ने निर्णय गरेको हो ।

सांसदहरुले प्रतिनिधिसभाका ज्येष्ठ सदस्यबाट शपथ लिनेछन् । सचिवालयले मातृभाषामा शपथ लिन चाहा सांसदहरुलाई सपथको व्यहोरा अनुवाद गरी अनुवादसहित तीन दिनअघि नै उपलब्ध गराउन आग्रह समेत गरेको छ। सांसदहरुको शपथ भने नयाँ वानेश्नरस्थित संसद भवनमै हुनेछ । शपथ लिएपछि सांसदहरुले सांसद भएवापत प्राप्त गर्ने सेवा सुविधा पाउनेछन् ।

त्यस अगावै निर्वाचित २७५ सदस्यमध्ये सबैभन्दा जेष्ठ सदस्यले राष्ट्रपतिसँग शपथ लिनेछन् । उनै जेष्ठ सदस्यले राष्ट्रपतिसँग शपथ लिएर अन्य सांसदलाई शपथ दिलाउने छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि सात दिनको समय दिएर आह्वान गरेकी छिन् । जसअनुसार दलहरुले पुस १० गतेभित्र सरकार बनाउनु पर्नेछ । नयाँ सरकार बन्नु अगावै संसद सचिवालयले सांसदहरुको शपथ गराउन खोजेको हो ।

यस्ताे छ संघीय संसद सचिवालयकाे सूचना 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?