काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेताको निर्वाचन बुधबार हुने भएको छ । कांग्रेस संसदीय दलको निर्वाचन सम्पन्न गर्न गठित निर्वाचन समितिले बुधबार निर्वाचनको मिति तोकेको हो ।
आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदीय दलको निर्वाचनका लागि सहमहामन्त्री भीष्मराज आङ्दम्बेको नेतृत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो ।
निर्वाचन समितिले बुधबार दलको नेता चयन गर्ने र त्यसका लागि पुस ५ गते विहान ८ देखि ११ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिनेछ जनाएको छ ।
मतदान भने बुधबार विहान ८ बजेदेखि १० बजेसम्म हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया