राष्ट्र बैंकले पुन पाँच अर्ब रुपैयाँको बिकास ऋणपत्र जारी गर्ने

लोकपथ
39
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि मंगलबार पुन पाँच अर्ब रुपैयाँको बिकास ऋणपत्र जारी गर्ने भएको छ । उक्त दिन चार बर्षे अवधिको बिकास ऋणपत्र २०८३ “ज” (४) बर्षे जारी गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

ऋणपत्र खरिदको लागि बैंक तथा वित्तीय संस्था, गैरबैक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले यही पुस छ गते अपरान्ह दुई बजेसम्म आवेदन दिनुपर्ने राष्ट्र बैंकको भनाई छ । निष्काशन मिती २०७९ पुस ६ गते तोकिएको ऋणपत्रको सावाँ भुक्तानी मिती भने २०८३ पुस ६ गते तोकिएको छ । खरिद गरिएको उक्त ऋणपत्र धितो राखेर कर्जा लिन र दिन समेत पाईने सुबिधा रहेको छ भने खरिद गरिएको ऋणपत्रमा अर्धबार्षिकरुपमा व्याज भुक्तानी हुुने र आर्जित व्याजदरमा व्याजकर समेत लाग्ने छ ।

राष्ट्र बैंकका अनुसार इच्छुक खरीदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीरुपमा सहभागी हुनसक्ने छन् । बिक्री गरिने कुुल ऋणपत्र मध्येमा प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलार्ई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् चार अर्ब २५ करोड र ७५ करोड छुट्ट्याइएको छ । खरीद गर्न पाउने सीमा भने घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म खरिद गर्न सकिने छ । ऋणपत्र खरीदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रिया अन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन् ।

यि बाहेकका बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुले भने अप्रतिस्पर्र्धीकोरुपमा भाग लिन पाउने छैनन् । प्रतिस्पर्धी बोलवालाले खरीद गर्न चाहेको रकम र कबोल गर्न चाहेको ब्याजदर (दशमलव पछाडि दुई अंकसम्म मात्र) उल्लेख गर्नु पर्नेछ भने अप्रतिस्पर्धी बोलकवोलवालाले खरीद गर्न चाहेको रकम मात्र उल्लेख गर्नु पर्ने राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?