अर्जेन्टिना भर्सेस फ्रान्स : अहिलेसम्मकै सर्वोत्कृष्ट फाइनल !

लोकपथ
259
Shares

२२ औं संस्करणको विश्वकपको उपाधि अर्जेन्टिनाले हात पारेको छ । फाइनलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी शुटआउटमा पराजित गरेको हो ।

अर्जेन्टिना र फ्रन्सबीचको फाइनल निक्कै रोमाञ्चक भएको थियो । पहिलो हाफमै २ गोलले पछि परेको फ्रान्सले शानदार पुनरागमन गरेको थियो । निर्धारित ९० मिनेटमा ३-३ गोलको बराबरी भएपछि खेल पेनाल्टी शुटआउटसम्म पुगेको थियो ।

इङ्गल्याण्डका पूर्व डिफेन्डर रियो फर्डिनान्डले विश्व कप इतिहासको सबैभन्दा ठूलो फाइनलमध्ये एक भएको बताएका छन् । ‘मैले त्यो भइरहेको कल्पना गर्न सकेको थिइन् । फ्रान्स र अर्जेन्टिनाबीचको फाइनल खेल मलाई उत्कृष्ठ लाग्यो ।’ फर्डिनान्डले भने।

अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले आफू शान्त भएको बताए पनि आफ्नो खुसी लुकाउन भने सकेनन्। ‘खेल निकै रोमान्चक थियो। मलाई थाहा छ हाम्रो राम्रो खेल थियो, हामीले पहिलो ९० मिनेटमा जित्न सक्थ्यौं,’ उनले भने।

खेल रोमान्चक कसरी भयो ?

  • खेलको २३ औं मिनेटमा अर्जेन्टिनाका लागि मेस्सीले पेनाल्टीमा गोल गरे
  • खेलको ३६ मिनेटमा अर्जेन्टिनाका एन्जेल डि मारियाले अग्रता दोब्बर बनाए
  • खेलको ८० मिनेट एमबाप्पेले पेनाल्टीमा गोल गर्दै खेललाई तताए
  • त्यस्तै खेलको ८१ मिनेट एमबाप्पेले शानदार भलीगोल गर्दै फ्रान्सलाई खेलमा फर्काए
  • १०८ मिनेटमा मेस्सीले अर्जेन्टिनाको अग्रता बनाए ।
  • ११८ मिनेटमा एमबाप्पेले ह्याट्रिक गर्दै खेल पेनाल्टी शुटआउटमा धकेलियो

किक अफ हुनु अघि धेरैको ध्यान अर्जेन्टिनाका मेस्सी र फ्रान्सका एमबाप्पेमा थियो किनकि दुबै गोल्डेन बुटको दौडमा थिए र दुवैको गोलसंख्या पनि बराबर थियो ।

खेलमा दुई पटक आफ्नो अग्रता गुमाएको अर्जेन्टिनाले अन्ततः सन् १९८६ पछि पहिलो पटक ट्रफी हात पारेको छ ।

विश्वकपको फाइनल खेल बारे कसले के भने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?