काठमाडौं । विश्व सुन्दरी प्रतियोगिता (मिस वर्ल्ड) ले कतारमा सम्पन्न विश्वकपको रंगशाला निर्माणका क्रममा ज्यान गुमाउने नेपालीसहित विश्वबाट सहभागि कामदारको परिवारलाई सहयोग गर्ने भएको छ ।
विश्व सुन्दरी प्रतियोगिताले आफ्नो सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम अन्तर्गत ज्यान गुमाउने श्रमिकका परिवारलाई सहयोग उपलब्ध गराउन लागेको हो ।
मिस वल्र्डका सहअध्यक्ष दीपेन्द्र गुरुङले सामाजिक सञ्जाल इन्स्ट्राग्राममा लेख्दै सो कुरा बताएका हुन् ।
विश्वकपको फाइनल खेल हेर्न कतार पुगेका उनले आगामी ७१ औँ संस्करणको ब्युटी विथ पर्पस कार्यक्रममार्फत मृतक कामदारका बालबच्चा, विधवा र बाबुआमालाई सम्बोधन गरिने जनाएका छन् ।
रंगशाला निर्माणमा खटिएका नेपालसहित भारत, पाकिस्तान, बंगलादेश र फिलिपिन्सका आप्रवासी कामदारको मृत्यु भएको थियो ।
इन्स्ट्राग्राममा लेख्दै उनले संस्था र व्यक्तिगत तर्फबाट सहानुभुती प्रकट गरेको छन् । ‘ज्यान गुमाउने कामदारप्रति नेपाल सहानुभूति व्यक्त गर्छ,’ उनले भनेका छन् ।
यो पनि
६५ सय कामदारको शवमाथि ठडिएका रंगशाला
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया