पब्जीको विश्वकप : नेपालका दुई टोली अन्तिम चरणमा

लोकपथ
112
Shares

काठमाडौं । पब्जीको विश्वकप च्याम्पियनसिपमा नेपालका दुई टोली अन्तिम चरणमा पुगेका छन् । नोभेम्बर १० देखि मलेसियामा आयोजना भएको प्रतियोगितामा नेपालका द रियल सोल्जर्स (डीआरएस) र ट्रेन्ड टु किल (टिटुके) अन्तिम चरणमा पुगेका हुन् ।

सेमिफाइनल चरण पार गरेका नेपाली दुई टोलीले आगामी जनवरी महिनामा हुने फाइनलमा विभिन्न देशका १४ समूहविरुद्ध प्रतिस्पर्धा गर्नुपर्ने छ ।

पब्जीको विश्वकप प्रतियोगितामा विश्वभरबाट ४८ समूहले सहभागिता जनाएका थिए । प्रतियोगिताको १६ टोलीको सूचीमा नेपालको डीआरएस पाँचौ स्थानमा छ । प्रतियोगिताको अन्तिम चरणमा पुगेका १६ वटै टिमले कम्तिमा एक–एक करोड रुपैयाँ पाउने निश्चित भएको छ ।

यो प्रतियोगिताको कूल पुरस्कार रकम ८४० लाख अमेरिकी डलर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?