कतार विश्वकप : कुन टिमले कति पाए नगद पुरस्कार ?

लोकपथ
1.2k
Shares

काठमाडाैं । अर्जेन्टिनाले तेस्रो पटक विश्वकपको उपाधि चुमेको छ । निर्धारित समयमा खेल ३-३ गोलको बराबरीका सकिएपछि खेल पेनाल्टी शुटआउटमा धकेलिएको थियो ।

अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले कतार विश्वकपमा गोल्डेन बल अवार्ड जितेका छन् त्यस्तै, फ्रान्सका फरवार्ड केलियन एमबाप्पेले कतार विश्वकपमा गोल्डेन बुट जितेका छन् भने अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजले कतार विश्वकपमा गोल्डेन ग्लोभ्स अवार्ड हात पारे ।

विश्वकप विजेता अर्जेन्टिनाले फिफा विश्वकप ट्रफी पाएको छ। जसको मूल्य २० मिलियन अमेरिकन डलर रहेको छ । १८ क्यारेट सुन जडित उक्त ट्रफी ३६.८ सेन्टिमिटर अग्लो र ६.१ किलोग्राम तौलको छ।

अर्जेन्टिनाले ४२ मिलियन अमेरिकी डलर पाएको छ। यस्तै उपविजेतामा चित्त बुझाएको फ्रान्सले ३० मिलियन अमेरिकी डलर पुरस्कार पाएको छ।

कुन टिमले कति नगद पाए ?

फाइनलमा पुग्ने टिम

अर्जेन्टिना: ४२ मिलियन अमेरिकी डलर
फ्रान्स: ३० मिलियन अमेरिकी डलर

सेमिफाइनल पुग्ने टिम

क्रोएसिया: २७ मिलियन अमेरिकी डलर
मोरोक्को: २५ मिलियन अमेरिकी डलर

क्वार्टरफाइनलसम्म पुग्ने टिम

पोर्चुगल: १७ मिलियन अमेरिकी डलर
इङ्ल्याण्ड: १७ मिलियन अमेरिकी डलर
ब्राजिल: १७ मिलियन अमेरिकी डलर
नेदरल्याण्ड: १७ मिलियन अमेरिकी डलर

अन्तिम १६ मा पुग्ने टिम

स्वीटजरल्याण्ड: १३ मिलियन अमेरिकी डलर
स्पेन: १३ मिलियन अमेरिकी डलर
पोल्याण्ड: १३ मिलियन अमेरिकी डलर
सेनेगल: १३ मिलियन अमेरिकी डलर
दक्षिण कोरिया: १३ मिलियन अमेरिकी डलर
जापान: १३ मिलियन अमेरिकी डलर
अष्ट्रेलिया: १३ मिलियन अमेरिकी डलर
अमेरिका: १३ मिलियन अमेरिकी डलर

समूह चरणबाट बाहिरिने टिम

मेक्सिको: ९ मिलियन अमेरिकी डलर
वेल्स: ९ मिलियन अमेरिकी डलर
इराना: ९ मिलियन अमेरिकी डलर
इक्वेडर: ९ मिलियन अमेरिकी डलर
कतार: ९ मिलियन अमेरिकी डलर
घाना: ९ मिलियन अमेरिकी डलर
उरूग्वे: ९ मिलियन अमेरिकी डलर
सर्विया: ९ मिलियन अमेरिकी डलर
क्यामरून: ९ मिलियन अमेरिकी डलर
क्यानडा: ९ मिलियन अमेरिकी डलर
बेल्जियम: ९ मिलियन अमेरिकी डलर
कोष्टारिका: ९ मिलियन अमेरिकी डलर
जर्मनी: ९ मिलियन अमेरिकी डलर
डेनमार्क: ९ मिलियन अमेरिकी डलर
ट्यूनिसिया: ९ मिलियन अमेरिकी डलर
साउदी अरेबिया: ९ मिलियन अमेरिकी डलर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?