जनमत पार्टीको संसदीय दलको नेतामा डा. सिके राउत

लोकपथ
21
Shares

काठमाडौं । राष्ट्रिय दल बनेको जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष डासिके राउत चयन भएका छन् । आइतबार काठमाडौंको बुद्धनगरस्थित पार्टी कार्यालयमा बसेको सांसदहरूको बैठकले सर्बसम्मत दलको नेतामा राउतलाई चयन गरेको हो ।

राउत सप्तरी क्षेत्र नं। २ बाट जसपा अध्यक्ष उपेन्द्र यादवलाई पराजित गर्दै जितेका हुन् । जनमत पार्टीमा एक जना प्रत्यक्ष र समानुपतिकतर्फबाट ५ जना गरि ६ जना सांसद रहेका छन् ।

यसपटको निर्वाचनमा जनमत पार्टीले उत्साहजनक नजिता प्राप्त गरेपछि नेता राउतले अन्य राजनीतिक दलका शिर्ष नेताहरुसँग आफ्नो भेटघाटलाई बाक्लो बनाएका छन् ।

यसबीचमा राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा रवि लामिछाने चयन भएका छन् भने अन्य दलहरुले अहिलेसम्म संसदीय दलको नेता अझै चुनेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?