राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा रवि लामिछाने

लोकपथ
42
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछाने चयन भएका छन् ।

सोमबार बसेको पार्टी कमिटी बैठकले लामिछानेलाई संसदीय दलको नेतामा चयन गरेको पार्टी प्रवक्ता डा. मुकुल ढकालले लोकपथलाई जानकारी दिए ।

‘आज बसेको पार्टी बैठकले सभापति रवी लामिछानेलाई दलको नेतामा चयन गर्ने निर्णय गरेको छ ।’ उनले लोकपथसँग भने ।

त्यसैगरी दलको उपनेता, प्रमुख सचेतक, सचेतक भने चयन हुन बाँकी रहेको छ ।

संसदीय दल र केन्द्रीय कमिटीको संयुक्त बैठकले अन्य पदपूर्ती गर्ने ढकालले बताए ।

बैठक केहीबेरमा बस्दैछ ।

योसँगै निर्वाचनपछि संसदीय दलको नेता चुन्ने पहिलो दल राष्ट्रिय स्वतन्त्र पार्टी बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?