मेस्सी : गम्भीर रोगबाट पीडित बालक कसरी बने सर्वकालीन फुटबलर ?

फिफा विश्वकप २०२२ को उपाधि अर्जेन्टिनाले हात पारेको छ । फ्रान्स र अर्जेन्टिनाबीच भएको फाइनल खेल निकै रोमान्चक भएको थियो । ९० मिनेटको खेल समान ३ गोलको बराबरी भएपछि पेनाल्टी शुटआउटमा धकेलिएको थियो । पेनाल्टी शुटआउटमा अर्जेन्टिनाले ४–२ गोल गर्दै फ्रान्सलाई हरायो । लगातार तेस्रो पटक विश्व विजेता बन्ने दौडमा रहेको फ्रान्सले भने उपविजेतामा चित्त बुझायो ।

अर्जेन्टिनाको कमाण्ड लियोनल मेस्सीको हातमा थियो । आफ्नो अन्तिम विश्वकप खेल्दै ३५ वर्षीय मेस्सीले अर्जेन्टिनालाई च्याम्पियन बनाएका छन् ।

अहिले मेस्सीलाई विश्वका महान् फुटबल खेलाडीमा गनिन्छ तर एक समय यस्तो थियो जब मेस्सी आफैंले फुटबलको दुनियाँमा यति ठूलो नाम बन्नेछन् भन्ने सोचेका थिएनन् ।

सन् १९८७ मा मेस्सीको जन्म अर्जेन्टिनाको एक मध्यमवर्गीय परिवारमा भएको थियो । उनको बुबा कारखानामा काम गर्थे र उनकी आमाले क्लिनरको रूपमा काम गर्थिन् । मेस्सीका बुबा फुटबल क्लबका प्रशिक्षक थिए। त्यसैले फुटबल मेस्सीको रगतमा थियो। केवल पाँच वर्षको उमेरमा, मेस्सी एक फुटबल क्लबमा प्रवेश गरे। यहाँ उनले खेलको आधारभूत कुराहरू सिके। आठ वर्षको उमेरमा, मेस्सी नेवेल ओल्ड ब्वाइज क्लबमा सामेल भए।

कतार विश्वकपको च्याम्पियन बनेका मेस्सीलाई बाल्यकालमै ग्रोथ हर्मोनको कमी भएको थाहा भयो । यस रोगबाट पीडित बालबालिकाको शारीरिक विकास रोकिने गर्छ । मेस्सीको रोगबारे थाहा पाएपछि उनको परिवार चिन्तित बनेको थियो ।

यसैबीच बार्सिलोनाले युवा फुटबल खेलाडीका लागि ट्यालेन्ट हन्ट कार्यक्रम सुरु गरेको थियो र त्यसमा मेस्सी छनोट भएका थिए । यसपछि मेस्सीको उपचारको पूरा खर्च बार्सिलोनाले व्यहोरेको थियो र उपचारपछि उनलाई यो रोगले कुनै असर गरेको थिएन ।

उनी अर्जेन्टिनाको बी टोलीको हिस्सा बने र लगभग हरेक खेलमा गोल गरे। मेस्सी यो टोलीमा १४ वर्ष रहे । मेस्सीले १७ वर्षको उमेरमा बार्सिलोनाबाट डेब्यु गरेका थिए । उनले २००४मा डेब्यू गरे र क्लबबाट खेल्ने तेस्रो कान्छो खेलाडी बनेका थिए । मे २००५ मा, मेस्सीले बार्सिलोनाको मुख्य टोलीका लागि आफ्नो पहिलो गोल गरे। जुनमा उनले बार्सिलोनासँग सिनियर खेलाडीको रुपमा अनुबन्ध भएका थिए र त्यसपछि मेस्सीले पछि फर्केर हेर्नु परेन ।

मेस्सीले बार्सिलोनाबाट अहिलेसम्म सात पटक बालोन डी’ओर, छ पटक युरोपियन गोल्डेन बुट र ३५ पटक उपाधि जितेका छन् । उनले ला लिगामा ४ सय ७४ गोल गरेका छन् । उनले बार्सिलोनाका लागि ६७२ गोल गरेका छन् ।

मेस्सी पहिलो पटक २००६ को विश्वकपमा देखा परेका थिए । त्यसयता उनले विश्वकपमा सबैभन्दा बढी २६ खेल खेलेका छन्। यस अवधिमा उनले अर्जेन्टिनाका लागि सर्वाधिक १३ गोल गरेका छन् । मेस्सीले २२ वर्षको उमेरमा पहिलो बालोन डी’ओर उपाधि जितेका थिए । मेस्सी सन् २०२१ मा उनी बार्सिलोनाबाट अलग भएका थिए ।

सन् २००८ मा, मेस्सीले अर्जेन्टिनालाई बेइजिङ ओलम्पिकमा स्वर्ण पदक दिलाएका थिए। तर, २०१० को विश्वकपमा उनले कुनै गोल गर्न सकेनन् र उनको टोलीले पनि हार बेहोरेको थियो। मेस्सीको अन्तिम इच्छा सन् २०२२ मा विश्वकप जित्ने थियो, जुन उनले पूरा गरेका छन् ।

विश्वकपको उपाधि हात पारेसँगै मेस्सीले सर्वकालीन फुटबलरको रुपमा आफ्नो पहिचान बनाएका छन् । सर्वकालीन फुटबलरका रूपमा संसारमा दुई महान् खेलाडी पेले र म्याराेडाेनालाई लिइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?