एम्बापेलाई सान्त्वना दिन मैदानमा पुगे फ्रान्सका राष्ट्रपति

लोकपथ
78
Shares

विश्वकप फुटबलमा फ्रान्सका लागि एम्बापेले फाइनलमा उत्कृष्ट प्रदर्शन गरेपनि जित हासिल हुन सकेन । उनले ब्याक टु ब्याक तीन गोल गर्दै अर्जेन्टिनाविरुद्ध खेलमा टीमलाई फर्काएपनि पेनाल्टी सुटआउटमा फ्रान्स पराजित भएको हो ।
यसैबीच फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रोँ खेलपछि निराश बनेका एम्बाप्पेलाई सान्त्वना दिन मैदानमै पुगेका छन् ।
पराजयसँगै दुःखी बनेका एमबाप्पेलाई राष्ट्रपतिले मैदानमा पुगेर सान्तवना दिएका हुन् । फाइनल खेल हेर्न राष्ट्रपति म्याक्रोँ कतार पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?