एम्बापेले लगातार दुई गोल गरेपछि अर्जेन्टिना र फ्रासबीचको खेल रोमाञ्चक मोडमा

लोकपथ
147
Shares

काठमाडौं । फिफा विश्वकप फुटबल २०२२ को फाइनल खेलमा अहिले अर्जेन्टिना र फ्रान्स भिड्दै छन् । कतारको लुसेल स्टेडियममा जारी फाइनल खेलको पहिलो हाफमा अर्जेन्टिनाले २–० को अग्रता कायम गरेपनि फ्रान्सले त्ययसको प्रतिकार दोस्रो हाफमा गरेको छ ।

फ्रान्सका खेलाडी एम्बापेले दोस्रो हाफको ८० र ८१ औँ मिनेटमा लगातार दुई गोल गरे । पहिलो गोल पेनाल्टि मार्फत गरेका एम्बापेले एक मिनेटको अन्तरमा नै दोस्रो गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए ।

अहिले दुबै टोलीले समान २ गोल गरेका छन् । दुवै टोली तेसा्रो पटक विश्व विजेता बन्ने दाउमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?