फिफा विश्वकप : अर्जेन्टिनालाई शुरुवाती अग्रता

लोकपथ
130
Shares
LUSAIL CITY, QATAR – DECEMBER 09: Lionel Messi of Argentina celebrates after scoring the team’s second goal during the FIFA World Cup Qatar 2022 quarter final match between Netherlands and Argentina at Lusail Stadium on December 09, 2022 in Lusail City, Qatar. (Photo by Catherine Ivill/Getty Images)

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनल खेलमा अर्जेन्टिना शुरुवाती अग्रता मिलेको छ । कतारको लुसेल स्टेडियममा जारी फाइनल खेलमा अर्जेन्टिनाले शुरुवाती अग्रता कायम गरेको हो ।

अर्जेन्टिनाका लागि खेल शुरु भएको २३ औँ मिनेटमा लिओनल मेस्सीले पेनाल्टि मार्फ गोल गरे । अर्जेन्टिना र फ्रान्स तेस्रो पटक विश्वकप उपाधि उचाल्ने योजनासहित मैदान उत्रिएका छन् ।

दुबै देशले समान दुई दुई पटक विश्वकप उपाधि जितेका छन् । लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना छैटौं पटक विश्वकपको फाइनल पुगेको हो ।

यता, ह्युगो लोरिसको कप्तानीमा रहेको फ्रान्स लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुगेको हो । साविक विजेता समेत रहेको फ्रान्स लगातार दोस्रो पटक विश्वकप उचाल्ने अभियानमा रहेको छ ।

पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० ले हराएको थियो । दोस्रो सेमिफाइनलमा फ्रान्सले मोरक्कोलाई २–० ले पराजित गर्दै दुवै टोलीले एक अर्कासँग फाइनलमा भेट पक्का गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?