धरानका मेयर हर्कले मागे माफी, आफ्नो पोष्ट कसैलाई ठेस पुर्‍याउने नरहेको दाबी

लोकपथ
42
Shares

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले माफी मागेका छन् । गत मंसिर २८ गते आफ्नो सामाजिक सञ्जाल फेसबुकमा आपत्तिजनक शब्द लेखेको भन्दै चौतर्फी विरोध भएपछि उनले आइतवार एक विज्ञप्ति जारी गर्दै माफी मागेका हुन् ।

मेयर राईले फेसबुक पेजमा मैले पोष्ट गरेको स्टाटसमा गाउँले ठट्यौली उखानको शैलीमा ‘चमारे’ शब्द प्रयोग गरेका थिए । जसको विरोध दलित समुदायले गर्दै आएका थिए ।

हर्कले दलित समुदायलाई नराम्रो लागेको यथार्थ प्रति दुःख व्यक्त गर्दै उक्त शब्दले धेरैलाई दुःखी बनाएको रहेछ र त्यसका लागि क्षमाप्राथी छु भन्दै माफी मागेको विज्ञप्तिमा देख्न सकिन्छ ।

सधैँ समानताको भावनाका साथ सबै मिलेर देशलाई माथि उठाउनका लागि विकृति विसंगति वेथिति भ्रष्टाचार अन्याय अत्याचार विभेद शोषण र दमनका विरुद्ध लामो समय अभियान चलाएको मेरो ईतिहास रहेको सबैमा जानकारी गराउँदै कसैलाई ठेस पुर्‍याउन नियतवश सो स्टाटस पोष्ट नगरेको जानकारी नगर प्रमुख हर्कराज राई बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?