सांसदहरुको सपथपछि मात्र प्रधानमन्त्रीको बिषयमा छलफल गर्छौं : महरा

लोकपथ
0
Shares
/fjf a}+sdf skf{]/]6 zfvf pkk|wfgdGqL Pdj cy{dGqL s[i0faxfb’/ dx/f a’waf/ /fli6«o jfl0fHo a}+s s]Gb|Lo sfof{no ejgdf skf]{/]6 zfvfsf] pb3f6g sfo{qmddf dGtJo JoQm ub}{ . tl:a/ M /Tg >]i7, /f;;

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्ण बहादुर महराले प्रतिनिधिसभाका निर्वाचित सांसदहरुको सपथ भएपछि मात्रै प्रधानमन्त्रीको बारेमा छलफल हुने बताएका छन् ।

पार्टीको पदाधिकारी बैठक पछि सञ्चारकर्मीलाई संक्षिप्त प्रत्रिक्रिया दिँदै प्रवक्ता महराले प्रतिनिधिसभाका सबै सदस्यहरुको सपथग्रहण पछि मात्रै संसदीय दलको नेता चयन गरिने र त्यसपछि मात्रै प्रधानमन्त्रीको बारेमा छलफल हुने बताएका हुन् ।

संसदीय दलको नेताका बारेमा छलफल गर्न पदाधिकारी बैठक बोलाएको भएपनि सपथ अगाडि नेता चयन गर्ने कुरा प्रक्रियासंगत नहुने भएकाले नेता चयनबारे छलफल स्थगित गरिएको जानकारी उनले दिए ।

प्रधानमन्त्रीको बन्ने भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले त्यसबारे संसदीय दलको नेता चयन भएपछि मात्रै छलफल हुने बताए । गठबन्धनको निरन्तरता सम्बन्धमा भने उले गठबन्धन रहिनै रहेको जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?