प्रधानमन्त्री शेर बहादुरजी बन्नुहुन्छ : आरजु राणा देउवा

लोकपथ
14
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य आरजु राणा देउवाले शेरबहादुर देउवा नै आगामी प्रधानमन्त्री बन्ने दाबी गरेकी छिन् ।

आईतवार निर्वाचन आयोगबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र लिएसँगै सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले आगामी प्रधानमन्त्री शेरबहादुर देउवा नै बन्ने दाबी गरेकी हुन् ।

संसदीय प्रणालीमा संख्याको खेल हुने भन्दै उनले देउवासँग सांसदहरुको धेरै संख्या रहेको बताए । उनले ठूलो दल पनि नेपाली कांग्रेस भएकाले प्रधानमन्त्रीमा स्वभाविक रुपमा देउवा हुने उल्लेख गरिन् ।

उनले पार्टीका अन्य नेताहरुले संसदीय दलको नेतामा आकांक्षा राख्नु स्वभाविक भएको बताइन् । उनले विगतमा देउवा नेतृत्वको सरकारले धेरै परिवर्तन गरेको पनि बताएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?