सरकार गठनका लागि राष्ट्रपतिको आह्वान असंवैधानिक– डा. भीमार्जुन आचार्य

लोकपथ
1.7k
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवीभण्डारीले सरकार गठनका लागि गरेको आह्वान असंवैधानिक भएको संविधानविद् डा. भीमार्जुन आचार्यले दाबी गरेका छन् । आइतबार राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ बमोजिम ७ दिनभित्र सरकार गठन गर्न आह्वान गर्नु गैर संवैधानिक भएको आचार्यले दाबी गरेका हुन् ।

‘राष्ट्रपतिले धारा ७६ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गर्नु असंवैधानिक कदम हो,’ लोकपथसँगको कुराकानीमा आचार्यले भने, ‘उहाँले त संविधानको धारा ९३ बमोजिम पहिले संघीय संसदको अधिवेशन आह्वान गर्नुपर्ने हो ।’

पाँच वर्ष अघि २०७४ सालकाे निर्वाचनपछि राष्ट्रपति भण्डारीले तत्कालीन संसदकाे  सबैभन्दा ठूलाे दलका नेता केपी ओलीलाई प्रधानमन्त्री नियुक्ति गर्ने बेलामा पनि आचार्यको भनाई छ । त्यतिबेलाको गल्तीलाई अहिले ढाकछोप गर्न राष्ट्रपतिले संविधानलाई मिचेर धारा ७६ को (२) अनुुसार सरकार गठन गर्न आह्वान गरेको आचार्यको आरोप छ । ‘उहाँले यसअघिको गल्तीलाई अहिले सही साबित गर्नका लागि त्यसैलाई निरन्तरता दिनुभएको देखिन्छ,’ उनले भने, ‘यो असंवैधानिक छ ।’

निर्वाचित सांसदहरुको सपथग्रहण बिना नै सरकार गठन प्रक्रिया अघि बढाउनु भनेको उल्टो प्रक्रिया हुने भन्दै त्यसतर्फ राष्ट्रपतिकाे  ध्यानाकर्षणसमेत गराए ।

सरकार गठनका लागि संविधानको धारा ९३ ले राष्ट्रपतिले प्रतिनिधि सभाको लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र संघीय संसदको आव्हान गर्नुपर्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?