आतङ्कारी हमलामा चार जना प्रहरी मारिए

लोकपथ
14
Shares

काठमाडौं । पाकिस्तानको उत्तरपश्चिमी खैबर पाख्तुनख्वा प्रान्तमा आइतबार एउटा प्रहरी चौकीमा भएको आक्रमणमा चार प्रहरीको मृत्यु हुनका साथै अन्य चार जना घाइते भएका छन् ।

जब प्रान्तको लक्की मारवाट क्षेत्रमा रहेको प्रहरी चौकीमा गए राति सशस्त्र लडाकाको समूहले गरेको आक्रमणमा उक्त हताहति भएको प्रहरीले जनाएको छ । प्रहरीले जवाफी कारबाही गरेपछि आक्रमणकारी भागेका थिए भने घाइते प्रहरीलाई नजिकको अस्पतालमा भर्ना गरिएको छ ।

आक्रमणको जानकारी पाउने बित्तिकै प्रहरीको ठूलो टोली घटनास्थलमा पुगेको थियो । आक्रमाणकारीको व्यापक खोजी भइरहेको छ । आक्रमणको जिम्मेवारी कुनै समूहले लिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?