१३ चैत्र २०७९, सोमवार

सानिमा बैंकको १८ औँ साधारण सभा सम्पन्न

२०७९,पुष,३,आईतवार १७:२४

27
Shares

काठमाडौं । सानिमा बैंक लिमिटेडले आईतवारका १८ औँ वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ ।

बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ९८ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

सर्वसाधारण समूहको तर्फबाट संचालक समितिमा आशुतोष उपाध्याय र रमेश कुमार पोखरेल १८ औँ वार्षिक साधारण सभाबाट निर्वाचित भउका छन् । आर्थिक बर्ष २०७८/७९ मा रुपैयाँ २ दशमलव ०९ अर्ब खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति रुपैयाँ १ सय ९२ दशमलव ५१ अर्व, कुल निक्षेप रुपैयाँ १ सय ५८ दशमलव ८८ अर्ब तथा खुद कर्जा सापटी रुपैयाँ १ सय ४१ द्यशमलव ६९ अर्ब रहेको छ ।

आर्थिक वर्ष २०७७/७८ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमश २१ द्यशमलव ३९, १५ दशमलव ०४ र १९ दशमलव ७५ प्रतिशतले वृद्धि गरेको छ ।

प्रकाशित मिति: २०७९,पुष,३,आईतवार १७:२४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । फेसन नेटवर्क नेपालले एक कार्यक्रमको आयोजना गरेर फेसन क्षेत्रको विकास र प्रवर्धनमा सक्रिय ब्यक्तिहरुलाई सम्मानित गरेको छ ।

विराटनगर । विभागीय टिम त्रिभुवन आर्मीलाई सडनडेथमा हराउँदै जवलाखेल यूथ क्लब विराट गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित

काठमाडौं । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले विकास लागि भौतिक पूर्वाधार क्षेत्रमा पर्याप्त लगानी आवश्यक रहेको

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीलाई समान्य आहार दिन सुरु गरिएको छ । बुद्धनगरस्थित निजी

ताजा समाचार

दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान
 २०७९,चैत्र,१३,सोमवार २०:५२
मिटरब्याज पीडितको पक्षमा बोले बालेन
 २०७९,चैत्र,१३,सोमवार १७:५४
बढ्न थाले कोरोना संक्रमित
 २०७९,चैत्र,१३,सोमवार १७:३६