र्‍याडिसन होटलमा क्रिसमस ट्री लाईटिङ

लोकपथ
21
Shares

काठमाडौं । र्‍याडिसन होटल काठमाडौंले २०२२ डिसेम्बर १६ मा क्रिसमस ट्री लाइडटङ समारोहको साथ यो बिदाको मौसमलाई स्वागत गरेको छ ।

समारोह मनाउन होटलले विभिन्न क्षेत्रका पाहुनाहरूलाई आमन्त्रित गरेको थियो । ति सबै आमन्त्रितहरु उत्सवको आनन्द र न्यानोपनले भरिएको लबीमा भेला भएको होटलले जानकारी दिएको छ ।

महाप्रर्वन्धक, सुब्रोतो बेनेर्जीले आमन्त्रितहरूलाई स्वागत गर्दै समारोहको सुरुवात गरेका थिए । जाइका नेपालकी सुश्री, टोमोको तानाकालाई बेनेर्जीले क्रिसमस ट्रीलाई प्रज्वलन गर्न आमन्त्रित गरेका थिए । समारोहमा सान्टा क्लजले चकलेट भरिएको झोला लिएर प्रवेश गरे जसले समारोहमा उपस्थित बालबालिकाहरुलाई हर्षित बनायो ।

र्‍याडिसन होटल काठमाडौंको यो उत्सव लाईभ क्रिसमस क्यारोल गायनका साथै जिंजर ब्रेड हाउस, जिंगल बेल र सान्टा क्लजले माहोललाई थप रमाइलो बनाएको होटलले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?