आफ्नै नेतृत्वमा सरकार बनाउने कांग्रेसको निर्णयः गठबन्धन दलसँग संवाद गरिने

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसले आफ्नै दलको नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आफ्नै नेतृत्वमा नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको हो ।

प्रतिनिधि सभामा सर्वाधिक सिट हासिल गर्दै संसदको सबैभन्दा ठूलो दल बनेकाले सोही हैसियतले कांग्रेसले सरकारको नेतृत्वका लागि दाबी गर्ने बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

सरकार गठनका लागि कांग्रेसले गठबन्धनका दलसँग संवाद गर्ने निर्णयसमेत गरेको हो । बैठकले चारवटा प्रस्ताव पारित गरेको प्रवक्ता प्रकाशरण महतले जानकारी दिए । बैठकपछि प्रवक्ता प्रकाशशरण महतले ठूलो दलको हैसियतले पार्टीले नै सरकारको नेतृत्व पाउनुपर्ने निष्कर्षका साथ कांग्रेसले यस्तो निर्णय गरेको जानकारी दिए ।

यस्तै संसदीय दलको चुनावका लागि तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको पनि उनले बताए । बैठकले सहमहामन्त्री भीष्मराज आङ्दम्बेको संयोजकत्वमा तीन सदस्यीय संसदीय समिति गठन गरेको हो ।

समितिको सदस्यमा पुष्पा भुसाल र प्रकाश स्नेही रहेका छन् । यसैगरी सातै प्रदेशमा संसदीय दलको नेता चयनका लागि प्रदेश कार्यसमितिलाई निर्देशन दिने निर्णय भएको महतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?