भीष्मराज आङ्दम्बेको संयोजकत्वमा कांग्रेस संसदीय निर्वाचन समिति गठन

लोकपथ
42
Shares

काठमाडौं । नेपाली कांग्रेसले पार्टी संसदीय दलको नेता चयनका लागि संसदीय समिति गठन गरेको छ । आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सहमहामन्त्री भीष्मराज आङ्दम्बेको संयोजकत्वमा तीन सदस्यीय संसदीय समिति गठन गरेको हो ।

समितिको सदस्यमा पुष्पा भुसाल र प्रकाश स्नेही रहेका छन् । संसदीय समितिले निर्वाचनको मिति ताक्ने छ । कांग्रेसमा संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

संस्थापक पक्षबाट देउवा र इतर पक्षबाट कोइराला र थापा चुनावी प्रतिस्पर्धामा उत्रिने तयारीमा रहेका हुन् । कांग्रेसका ८९ जना सांसदले संसदीय दलको नेता चयन गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?