साइप्रसका लागि गैरआवासीय नेपाली राजदूतमा कान्ता रिजाल नियुक्त

लोकपथ
35
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले इजरायलका लागि नेपालको आवासीय राजदूत कान्ता रिजाललाई गणतन्त्र साइप्रसका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम रिजाललाई गैरआवासीय राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?