मेलम्चीमा पूर्वप्रधानमन्त्री भट्टराईको पूर्णकदको शालिक

लोकपथ
26
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनको पानी प्रशोधन केन्द्र परिसरमा पूर्वप्रधानमन्त्री एवं सन्त नेता कृष्णप्रसाद भट्टराईको पूर्णकदको शालिक अनावरण गरेका छन ।

विसं २०४६ को जनआन्दोलनपछि गठित अन्तरिम मन्त्रिपरिषद्का प्रधानमन्त्री स्वर्गीय भट्टराईले ३० वर्षअघि मेलम्चीको पानी काठमाडौं ल्याउने परिकल्पना गरेका थिए । सन्त नेता भट्टराईले देखेको सपना राजधानीबासीले मेलम्चीको पानी पाएसँगै साकार भएको भन्दै खानेपानी मन्त्रालयले सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा उनको पूर्णकदको सालिक निर्माण गरेको हो ।

शालिक अनावरण कार्यक्रममा प्रधानमन्त्री देउवाले खानेपानी समस्याको दीर्घकालीन समाधानलाई सरकारले प्राथमिकतामा राखेको बताए । विसं २०७७ मै मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण सुरु भएकामा २०७८ असार १ गतेको बाढीले पु¥याएको क्षतिका कारण बन्द भएको पानी वितरण पुनःसुरु भएको उनले बताए ।

अब काठमाडौं उपत्यकावासीलाई सधैँ पानी वितरण गर्नसक्नेगरी आवश्यक तयारी गरिने प्रधानमन्त्री देउवाले बताए । ‘राजधानीबासीलाई मेलम्चीको पानी खुवाउने सन्त नेता भट्टराईको सपना पूरा भएकामा खुसी लागेको छ, खानेपानी र सरसफाइ महत्वपूर्ण भएकाले संविधानको मौलिक हकअन्तर्गत धारा ३५ को उपधारा ४ मा हक स्थापित गरिएको छ, त्यसअनुसार सबै नेपालीलाई स्वच्छ खानेपानी खुवाउन सरकार लागिपरेको छ, वर्षभर राजधानीवासीलाई मेलम्चीको पानी खुवाउन के गर्न सकिन्छ भनेर सरकारले अध्ययन गरिरहेको छ’, उनले भने ।

गोकर्णेश्वर नगरपालिका वडा नं १ सुन्दरीजलस्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज प्रवेश गर्ने स्थानीयबासीसँग शुल्क उठाएको भनी जनप्रतिनिधिले गरेको गुनासो सम्बोधनका लागि आजै निर्देशन दिने प्रधानमन्त्री देउवाको प्रतिबद्धता थियो । वडा नं १ का चार वटा गाउँ निकुञ्जभित्र छ । ती गाउँमा जाने स्थानीयवासी, आफन्तसँग निकुञ्ज कार्यालय शुल्क लिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?