जनकपुरमा रामजानकी विवाह महोत्सवको तयारी तीव्र

जनकपुरधाम । जनकपुरमा रामजानकी विवाह महोत्सवको तयारी तीव्र पारिएको छ । 

प्रदेश २ सरकार रामजानकी विवाह महोत्सव भव्यरुपमा मनाउने निर्णय गरेसँगै जानकी मन्दिरसँगको सहकार्यमा तयारी तीव्र पारेको हो ।

आइतबार बिहान महोत्सवको तयारीबारे जानकारी लिन र सम्बन्धित निकायलाई आवश्यक निर्देश दिन मुख्यमन्त्री लालबाबु राउत आफै कार्यक्रम पुगेका थिए । 

कार्यक्रमहरु स्थलको निरीरक्षण गर्न मुख्यमन्त्री राउतसहित भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोलन, विभिन्न मन्त्रालयका सचिव, जनकपुर उपमहानगरपालिाका मेयर लालकिशोर साह, सुरक्षा निकायका प्रमुखसहितको टोलीले स्वयम्बरस्थल रंगभूमि मैदान, जानकी मन्दिर परिसर पुगेका थिए ।

विवाह पञ्चमी महोत्सव र योगीको जनकपुर भ्रमणबारे प्रदेश प्रहरीका प्रमुख डीआईजी हरिबहादुर पाल, धनुषाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी उपरीक्षकहरुसँग मुख्यमन्त्री राउतले सुरक्षा व्यवस्थाबारे छलफलसमेत गरेका छन् ।

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जन्ती लिएर भएका छन् । 

उत्तर प्रदेशका मुख्यमन्त्री योगी मंसिर २६ गते निजी विमानबाट जनकपुर विमानस्थलमा ओर्लिने र जानकी मन्दिरमा पूजापाठ गर्नुका साथै रंगभूमि मैदानमा आयोजन हुने स्वयम्बर कार्यक्रममा समेत सहभागी हुने कार्यक्रम रहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?